गत फेब्रुअरी १४ मा कोरोनाबाट संक्रमित बनेका ७० वर्षका वृद्धको मृत्यु भएको साउथ चाइनामर्निङ पोस्टले जनाएको छ।
बुधबार बिहान मार्गरेट अस्पिटलमा वृद्धको मृत्यु भएको हो। चीनको वुहान शहरबाट फैलन सुरु भएको कोरोनाभाइरसको संक्रमणले हालसम्म हङकङमा बिरामी हुनेको संख्या ६३ पुगेको छ।
बुधबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७५ हजार १९६ कोरोनाबाट संक्रमित छन्। २ हजार १० को मृत्यु भइसक्दा १४ हजार ४५१ जना उपचारपछि स्वस्थ बनेका छन्।
चीनमा मात्र ७४ हजार १८५ जना संक्रमित छन्। त्यहाँ २ हजार ४ को मृत्यु भएको छ।
प्रतिक्रिया