हङकङको रेस्टुरेन्टमा चोरी : को हुन् ती जसले मदिरासहित १ लाख नगद पनि लगे

हङकङको रेस्टुरेन्टमा चोरी : को हुन् ती जसले मदिरासहित १ लाख नगद पनि लगे

पाकतिन कमर्सियल सेन्टरमा अवस्थित रेस्टुरेन्टमा चोरी भएको हो (एससीएमपी)


नेपालखबर
फागुन १४, २०८० सोमबार १४:९, हङकङ

सोमबार हङकङको सामसुइ पोमा रहेको एक रेस्टुरेन्टमा चोरी भएको छ।

सामसुइ पोस्थित एक सपिङ सेन्टरमा रहेको डिमसम रेस्टुरेन्टबाट १ लाख हङकङ डलर नगद र १८ वटा पेय पदार्थ (मदिरा)का बोतल चोरी भएको हो।

बिहान ७ बजे रेस्टुरेन्टका कर्मचारी काममा फर्केपछि चोरी भएको थाहा भएको हो।

अघिल्लो दिन मध्यरातिसम्म रेस्टुरेन्ट सञ्चालनमा थियो। मध्यरातिदेखि बिहान ७ बजे खुल्नुअघिको बीचमा चोरी भएको बुझ्न सकिन्छ।

पाकतिन स्टेटस्थित पाकतिन कमर्सियल सेन्टरको पहिलो तलामा अवस्थित रेस्टुरेन्टको क्यासियर काउन्टर फोरेर नगद चोरी भएको हो।

यस्तै, चोरी भएका अन्य सामानमा एक्सओ कोग्नाक, माओ ताइ र चाइनिज ह्वाइट वाइन लगायतका पेय पदार्थ रहेका छन्। जसको अनुमानित मूल्य २१ हजार हङकङ डलर रहेको रेस्टुरेन्ट स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

सामसुइ पो आपराधिक अनुसन्धान इकाइका अधिकारीहरू सीसीटीभी क्यामेराको मद्दतबाट चोर पत्ता लगाउने कोसिसमा छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .