धेरै अर्बपति बस्ने सहरमा न्युयोर्क पहिलो, दोस्रोमा हङकङ

धेरै अर्बपति बस्ने सहरमा न्युयोर्क पहिलो, दोस्रोमा हङकङ

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०८० सोमबार १६:५४, काठमाडौँ

विश्वका उच्च १० धनीमा ९ जना अमेरिकाका छन्। तिनमा एकमात्र गैरअमेरिकी अर्ब फ्रान्सा बर्नार्ड आर्नो छन्। आर्नो १९७ अर्ब डलरका साथ तेस्रो ठूला धनीमा पर्छन्। 

पहिलोमा इलोन मस्क (२०८ अर्ब डलर), दोस्रोमा जेफ बेजोस (१९८ अर्ब डलर) छन्। यसबाहेक मार्क जुकरबर्ग, बिल गेट्स, स्टिभ बाल्मर, वारेन बफेट, ल्यारी पेज, ल्यारी एलिसन र सर्जेइ ब्रिन टप १० भित्र पर्छन्। यी सबै अमेरिकी अर्बपतिहरु हुन्। 

तर के तपाईंलाई थाहा छ विश्वका कुन सहरमा धेरै अर्बपति बस्छन् भन्ने? सबैभन्दा धेरै अर्बपति अमेरिकी सहर न्युयोर्कमा बस्छन्।

एजेन्सीहरुका अनुसार यो सहरमा १०१ जना अर्बपति बस्छन्। उनीहरुको कुल सम्पत्ति ८२ अर्ब ८८ करोड अमेरिकी डलरभन्दा धेरै छ। 

न्युयोर्कपछि सबैभन्दा धेरै अर्बपति हङकङमा बस्छन्। फोर्ब्स म्यागेजिनका अनुसार हङकङमा ७० अर्बपति बस्छन्। त्यसपछि चीनका दुई सहर बेइजिङ र सांघाईमा धेरै अर्बपति बस्छन्। उक्त सहरमा क्रमशः ६८ र ६५ जना अर्बपति बस्छन्।

चीनका सबैभन्दा धनी झोङ सेन्सेन हुन्। ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार उनको कुल सम्पत्ति ६६.४ अर्ब डलर छ। उनी विश्व अर्बपति वरीयतामा २२औँ नम्बरमा पर्छन्। यो सूचीमा त्यसपछि धेरै अर्बपति बस्ने सहर बेलायतको लन्डन हो। जहाँ ६३ अर्बपति बस्छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .