हङकङमा प्लास्टिक प्रतिबन्ध : के भन्छन् रेस्टुरेन्ट व्यवसायी?

हङकङमा प्लास्टिक प्रतिबन्ध : के भन्छन् रेस्टुरेन्ट व्यवसायी?

हङकङमा अप्रिल २२ देखि एकल प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध लाग्दैछ (एससीएमपी)


नेपालखबर
माघ २८, २०८० आइतबार १३:३४, हङकङ

हङकङले अप्रिल २२ देखि एकल प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध लगाउने भएको छ।

यो नयाँ नियमको प्रत्यक्ष प्रभाव उपभोक्तालाई पर्ने भएको छ।

वातावरणीय हिसाबले प्लास्टिकको प्रतिबन्ध राम्रो भए पनि यसले लागतमा हुने वृद्धि, उपयुक्त विकल्पको खोजीमा कठिनाइ तथा स्पष्ट दिशानिर्देशको अभावका कारण यसको कार्यान्वयनमा प्रभाव पर्ने देखिएको छ।

पर्यावरणमैत्री भाँडाकुँडाको मूल्य प्लास्टिकको भन्दा ४० देखि ६० प्रतिशतसम्म बढी हुने भएकोले सहरका रेस्टुरेन्ट व्यवसायी सरकारको यो निर्णय आर्थिक रूपमा बोझिलो भएको बताएका छन्।

यसको असर सिधै ग्राहकमा गएर ठोकिने र यसले व्यवसायमै असर गर्ने हो कि भन्ने उनीहरूको चिन्ता छ।

दिनमा १५ हजार बढी टेकअवे अर्डर लिने ताइपिङ कुन चेन रेस्टुरेन्टका एन्ड्रयु चुइ लागतमा भएको वृद्धि ग्राहकको बिलमा समावेश गर्नु बाहेक अरू विकल्प नभएको बताउँछन्।

यसले गर्दा व्यापारमै गिरावाट आउने हो कि भन्नेमा चिन्तित उनी देखिए।

नयाँ नियमका बारेमा सरकारबाट पत्र पाएको तर त्यो लामो र आधिकारिक शैलीमा लेखिएको बुझ्न गाह्रो भएको बताउने उनी अहिले नै वातावरणमैत्री भाँडाकुँडा किन्नको लागि योजना बनाइनसकेको बताउँछन्।

यस्तै, साइयिङ पुनमा रहेको रेड हट चिली बुरोका कर्मचारी चान वाइयिप प्लास्टिक प्रतिबन्धले रेस्टुरेन्ट सञ्चालन लागत कम्तीमा १० देखि २० प्रतिशतसम्म बढ्ने बताए।

स्थानीय सञ्चारमाध्यम एससीएमपीले सहरका करिब एक दर्जन साना र मध्यम खालका रेस्टुरेन्ट व्यवसायीसँग प्लास्टिक प्रतिबन्धबारे बुझ्दा अधिकांशले लागत महँगो पर्ने प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .