हङकङमा ट्रकको ठक्करबाट घाइते गर्भवती महिलाको अवस्था गम्भीर

हङकङमा ट्रकको ठक्करबाट घाइते गर्भवती महिलाको अवस्था गम्भीर

ट्रकले चार महिनाकी गर्भवती महिलालाई ठक्कर दिएको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
पुस २५, २०८० बुधबार १८:१, हङकङ

मंगलबार हङकङको क्वुनतोङमा ट्रकको ठक्करबाट घाइते भएकी गर्भवती महिलाको अवस्था गम्भीर रहेकाे अस्पताल स्रोतलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले समाचार छापेको छ।

चार महिनाकी गर्भवती उनको कोङवा हस्पिटलमा उपचार भइरहेको छ।

मंगलबार दिउँसो करिब सवा ३ बजे होइवन रोडबाट चुनयिप स्ट्रिटतर्फ मोडिँदै गरेको ट्रकले उनलाई ठक्कर दिएको थियो।

ट्रकलाई लेउङ उपनामका ५९ वर्षीय पुरुषले हाँकेका थिए भने घाइते हुने चान उपनामकी ३१ वर्षीया महिला हुन्।

दुर्घटनाको खबर पाएपछि अस्पताल पुगेका चानका श्रीमान् र सासुले उनी दिउँसोको खाजा खाएर कम्पनीमा फर्कंदै गरेको बताएका थिए।

टाउकोमा चोट लागेकी चानको शल्यक्रिया गरिएको छ। अत्यधिक रक्तस्रावका कारण उनले मृत्युलाई जित्न संघर्षरत रहेको चिकित्सकले प्रतिक्रिया दिएका छन्।

बुधबार दिउँसो ५ बजे (हङकङ समय)को अपडेट अनुसार मुटुको धड्कन नसुनिएकोले पीडितको पेटमा रहेको भ्रुण बाँच्ने आशा लगभग सकिएको आफन्तलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ।

दुर्घटनायुक्त ट्रकका चालकलाई प्रहरीले मंगलबार नै पक्राउ गरिसकेको छ। खतरनाक तरिकाले सवारीसाधन चलाएर गम्भीर शारीरिक हानि गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

यो केसलाई काउलुन इस्ट ट्राफिक अनुसन्धान टोलीले थप अध्ययन गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .