हङकङ : ट्रकको ठक्करबाट घाइते गर्भवतीकाे मृत्यु

हङकङ : ट्रकको ठक्करबाट घाइते गर्भवतीकाे मृत्यु

ट्रकको ठक्करबाट घाइते गर्भवती महिलाको मृत्यु भएको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
पुस २६, २०८० बिहिबार ११:२७, हङकङ

मंगलबार हङकङको क्वुनतोङमा ट्रकको ठक्करबाट घाइते भएकी गर्भवती महिलाको दुई दिनपछि मृत्यु भएको छ।

दुर्घटनाबाट गम्भीर घाइते उनको कोङवा हस्पिटलमा उपचार भएको थियो। उनको बिहीबार बिहान साढे ११ बजे अस्पतालले मृत घोषित गरेको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

३१ वर्षीया गर्भवती महिलाको बिहान पौने ११ बजे मुटुको धड्कन बन्द भएको थियो। डाक्टरहरूले कार्डियक एजेन्ट दिएर बचाउने कोसिस गरे पनि सफल हुन सकेनन्।

मंगलबार दिउँसो करिब सवा ३ बजे होइवन रोडबाट चुनयिप स्ट्रिटतर्फ मोडिँदै गरेको ट्रकले उनलाई ठक्कर दिएको थियो। ट्रकलाई लेउङ उपनामका ५९ वर्षीय पुरुषले हाँकेका थिए।

टाउकोमा गहिरो चोट लागेकी उनको कोङवा हस्पिटलमा उपचार भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .