हङकङ भन्सारद्वारा २० किलो सुन बरामद

हङकङ भन्सारद्वारा २० किलो सुन बरामद

हङकङ भन्सारले सोमबार बरामद गरेको सुन (सबै तस्बिर : एससीएमपी)


नेपालखबर
पुस २५, २०८० बुधबार १५:५०, हङकङ

हङकङ भन्सार विभागका अधिकारीले सोमबार हङकङ-मकाउ-जुहाइ ब्रिजबाट २० किलो सुन बरामद गरेका छन्।

कारभित्र लुकाएर राखिएको एक/एक किलोका २० वटा सुनका बिस्कुट सीमा-नाका चेकजाँचका क्रममा बरामद भएको हो।

भन्सार विभागअन्तर्गत अपराध अनुसन्धान ब्युरोका सुपरिटेन्डेन्ट जेसन लाउलाई उद्धृत गर्दै एससीएमपीले लेखे अनुसार उक्त परिमाणको सुन चालकसँगैको सिटमुनि लुकाएर राखिएको थियो।

बरामद सुनसँगै कार चालकलाई पनि पक्राउ गरिएको छ।

हङकङ-मकाउ-जुहाइ ब्रिजमा भएको चेकजाँचमा सुन बरामद भएको हो

सोमबार दिउँसो हङकङ-मकाउ-जुहाइ पुल (मेगा ब्रिज) हुँदै हङकङबाट बाहिरिन लागेको कारलाई सीमानाकामा निरीक्षण गर्ने क्रममा उक्त सामान फेला परेको लाउलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ।

समाचारमा भनिएको छ, ‘भन्सारको हङकङ-मकाउ-जुहाइ ब्रिज कार्गो डिभिजनका इन्स्पेक्टर वु मिङले कारलाई एक्स-रे परीक्षण गर्ने क्रममा शंकास्पद वस्तु देखापरेको थियो। कारका चालकको व्यवहार पनि शंकास्पद देखिएपछि थप निरीक्षणका क्रममा उक्त समान फेला परेको हो।’

गाडीको एक्स-रे परीक्षणका क्रममा देखिएको शंकास्पद वस्तु (रातो घेरामा)

३२ वर्षीय कार चालकसँग मकाउको परिचयपत्र भेटिएको छ। अधिकारीहरूले उक्त सुन मुख्यभूमि चीनतर्फ लैजान खोजिएको आशंका गरेका छन्।

सुन तस्करी गर्ने सन्जालका बारेमा थप अनुसन्धान भइरहेको सुपरिटेन्डेन्ट लाउले बताए।

इन्स्पेक्टर वु मिङ-चुङ (दायाँ) बरामद सुनबारे जानकारी दिँदै

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .