हङकङमा अवैध तरिकाले सवारी चलाउने २३ जना पक्राउ

हङकङमा अवैध तरिकाले सवारी चलाउने २३ जना पक्राउ

प्रहरीले १२ ई–साइकल, ९ ई–स्कुटर र एउटा विद्युतीय होभरबोर्ड बरामद गरेको छ (द स्ट्यान्डर्ड)


नेपालखबर
मंसिर १७, २०८० आइतबार १८:३६, हङकङ

हङकङ प्रहरीले अवैध रूपमा विद्युतीय साइकल र अन्य शक्तिबाट चल्ने सवारी साधन चलाएको आरोपमा २३ जनालाई पक्राउ गरेको छ।

प्रहरीको नयाँ क्षेत्र दक्षिण क्षेत्रीय मुख्यालयको ट्राफिक प्रवर्तन तथा नियन्त्रण महाशाखाले शुक्रबार र शनिबार चुनवान, क्वाइचुङ, चिङ यी, शातिन, माअन शान तथा लान्ताउ टापुमा विशेष अपरेसन चलाएको थियो।

यस अपरेसनमा १२ ई–साइकल, ९ ई–स्कुटर र एउटा विद्युतीय होभरबोर्ड बरामद गर्नुका साथै यिनका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यस्तै, दर्ता नभएको र तेस्रो पक्ष बीमा नभएको गाडी अरूलाई चलाउन दिएको आरोपमा अर्का एक जना पक्राउ परेका हुन्।

विनालाइसेन्स सवारी चलाएको, तेस्रो पक्ष बीमा नगरी सवारी चलाएको, वैध लाइसेन्स नलिई सवारी चलाएको, हेलमेट नलगाई मोटरसाइकल चलाएको लगायतका कसुरमा १८ देखि ५३ वर्षका १७ पुरुष र ६ महिलालाई पक्राउ गरिएको प्रहरीले आइतबार जानकारी दिएको छ।

नोभेम्बरको मध्यदेखि यो क्षेत्रमा चलाइएको यस प्रकारको अपरेसन यो दोस्रो हो। यसअघिको अपरेसनमा ३३ जना पक्राउ परेका थिए।

सवारी दर्ताका कागजातविना सवारी चलाउनु हङकङमा गम्भीर अपराधभित्र पर्दछ। यस्तो अपराधमा एक वर्षसम्म कैद र १० हजार हङकङ डलर जरिवाना हुने कानुनी प्रावधान छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .