जब हङकङ आउँदै गरेको जहाजको आकाशमै इन्जिन फेल भयो! (भिडिओ)

जब हङकङ आउँदै गरेको जहाजको आकाशमै इन्जिन फेल भयो! (भिडिओ)

हङकङको लागि उडेको जहाजमा समस्या देखिएपछि सियामेनतर्फ डाइभर्ट भएको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
मंसिर १७, २०८० आइतबार १२:४६, हङकङ

चीनको सांघाईबाट हङकङको लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा समस्या देखिएपछि सियामेनतर्फ डाइभर्ट भएको छ।

उडान भरेको केही समयमै जहाजको इन्जिनमा समस्या आएपछि सियामेनतर्फ डाइभर्ट गरिएको स्रोतलाई उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेको छ।

सांघाईको होङकियाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान साढे ८ बजे उडेको जहाजमा यस्तो समस्या देखिएको हो।

उडान एमयू७२१ को उक्त जहाज आकाशमा उडिरहेको बेला चालक दलले मेकानिकल समस्या पहिचान गरेका थिए।

आकस्मिक अवतरणको समयमा खिचिएको भिडिओ क्लिपहरू अनलाइन प्रसारित भएका थिए। जहाँ विमानमा कम्पन देख्न सकिन्छ।

चाइना इस्टर्न एयरलाइन्सलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार विमानमा समस्या देखिएपछि चालक दलले स्थापित प्रक्रिया पालना गरे र थप निरीक्षणको लागि १० बजेअघि नै सियामेनतर्फ डाइभर्ट गरेका थिए।

जहाजमा आएको समस्या इन्जिनसँग सम्बन्धित रहेको र क्याबिनबाट जलेको गन्ध समेत आएको स्रोतले बतायो।

चाइना इस्टर्न एयरलाइन्सले घटनाबाट पर्न गएको असुविधाका लागि क्षमा माग्दै सकेसम्म चाँडो यात्रा सुचारु गर्न प्रबन्ध मिलाउने ग्यारेन्टी गरेको छ।

हेर्नुस् भिडिओ-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .