हङकङमा रेस्टुरेन्टमा खाना खाएर बिल तिर्न आनाकानी गर्ने दक्षिण अफ्रिकी पर्यटकलाई प्रहरीले पक्राउ गरेको छ।
आइबातर बिहान रेस्टुरेन्टमा खाना खाई बिल तिर्न आनाकानी गरेपछि रेस्टुरेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।
३२ वर्षीय ती पर्यटकले रेस्टुरेन्टमा खाना खाएपछि उठेको हङकङ डलर ९३५ को बिल तिर्न अस्वीकार गरेका थिए।
हङकङको सेन्ट्रल इन्टरनेन्मेन्ट जिल्लामा रहेको उक्त रेस्टुरेन्टमा खाना खाइसकेपछि ती पर्यटकले ई–भुक्तानीमार्फत बिल तिर्न प्रयास गरेका थिए, तर असफल भयो।
त्यसपछि उनी भुक्तानी नगरी बाहिरिन खोजेका थिए।
भुक्तानी नगरी हिँड्न खोजेपछि रेस्टुरेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि आएको प्रहरीले सोधपुछ गर्ने क्रममा ती पर्यटकसँग भुक्तानी गर्नका लागि नगद तथा क्रेडिट कार्ड नै नभएको पत्ता लागेको थियो।
त्यसपछि भएको विवादमा उनी उल्टै प्रहरीका विरुद्ध जाइलागेका थिए। उनको आक्रमणबाट प्रहरी हवल्दारको टाउकोमा चोट लागेको छ।
‘भुक्तानी नदिई ठगी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा आगन्तुकले हातपात गरेका थिए। हातपातका क्रममा हवल्दारको दायाँ काँधनेर टाउकोमा चोट लागेको छ,’ प्रहरी स्रोतले स्थानीय अखबारलाई भनेको छ।
हातपातमा उत्रने आगन्तुकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने चोट लागेका प्रहरीलाई उपचारार्थ पोकफु लामस्थित क्विन मेरी अस्पताल पठाइएको थियो।
घटना शुक्रबार बिहानको हो। प्रहरीमाथि नै जाइलाग्ने ती व्यक्तिलाई प्रहरीले शुक्रबार दिनभर हिरासतमा राखेको छ।
प्रतिक्रिया