हङकङमा अनलाइनमार्फत एकै हप्ता १० करोड डलर ठगी

हङकङमा अनलाइनमार्फत एकै हप्ता १० करोड डलर ठगी

सांकेतिक तस्बिर (सटरस्टक)


नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १८:३८, हङकङ

हङकङमा अनलाइनमार्फत एकै हप्तामा १०० मिलियन (दश करोड) हङकङ डलर ठगी भएको छ।

गिरोहले ११० भन्दा बढी व्यक्तिसँग यति ठूलो परिमाणमा रकम ठगेको प्रहरीले जनाएको छ।

बिहीबार प्रहरीले दिएको जानकारी अनुसार गत हप्ता अनलाइन ठगी भएको भन्दै ११० भन्दा बढी मुद्दा दर्ता भएका थिए।

ती सबैसँग ठगिएको रकम जोड्दा १०० मलियिन हङकङ डलरभन्दा बढी पुग्ने प्रहरीले जनाएको हो।

प्रहरीलाई ठगिएकी एक महिलाले दिएको जानकारीअनुसार अनलाइनमा पोस्ट गरिएको लिंकमा क्लिक गरेपछि उनी एउटा च्याट समूहमा पुगेकी थिइन्।

त्यसपछि उक्त समूहको तथाकथित ग्राहक सेवा प्रतिनिधिले विभिन्न प्रलोभन देखाउँदै उनलाई लगानी ट्रेडिङ एप डाउनलोड गर्न सुझाएका थिए।

अनि उनलाई ग्राहक सेवा प्रतिनिधि भनिएका ती व्यक्तिले लगानी गर्न भन्दै बैँक खातामा रकम ट्रान्सफर गर्न लगाएका थिए।

पछि रकम झिक्न खोज्दा विभिन्न बहाना बनाई रोक लगाइएपछि ठगिएको महसूस गरेर प्रहरीकोमा जाहेरी दिन आइपुगेकी थिइन्।

आफूहरूलाई राजनीति व्यक्तित्व, कलाकार आदि सार्वजनिक व्यक्तित्त्वको रूपमा प्रस्तुत गर्ने गिरोहले मानिसको ध्यान आफूतिर खिच्न विभिन्न सामाजिक सञ्जालमा लगानीको बारेमा पोस्ट गर्ने गरेको पाइएको प्रहरीले बताएको छ।

लगानी विशेषज्ञको रूपमा प्रस्तुत गर्ने गिरोहले पीडितहरूलाई स्टक किन्न प्रेरित गर्नको लागि आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयरको प्रयोग गरेका थिए।

प्रहरीले यस वर्षको जनवरीदेखि जुनको बीचमा अनलाइन लगानी ठगीका एक हजार ६४५ उजुरी परेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .