हङकङमा सिटीबस र मिनीबस ठोकिँदा १५ जना घाइते

हङकङमा सिटीबस र मिनीबस ठोकिँदा १५ जना घाइते

सिटीबस र मिनिबस ठोकिँदा चालकसहित १५ जना घाइते भएका छन् (द स्ट्याण्डर्ड)


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १३:५७, हङकङ

हङकङमा बिहीबार राति एबरडनि टनेलबाट निस्केको रुट नम्बर ७० को सिटीबसलाई पछाडिबाट आएको मिनिबसले ठक्कर दिँदा कम्तीमा १५ जना घाइते भएका छन्।

बिहीबार राति करिब साढे १० बजे भएको घटनामा मिनिबसले समयमै ब्रेक नलगाउँदा उक्त घटना घट्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घाइते १५ जनामध्ये सिटीबसका चालक र एक यात्रु हुन् भने बाँकी १३ जना मिनिबसका रहेका छन्।

उनीहरू सबै जनालाई सामान्य चोट लागेको छ।

घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .