हङकङमा नक्कली परिचयपत्रसहित १४ जना अवैध कामदार पक्राउ

हङकङमा नक्कली परिचयपत्रसहित १४ जना अवैध कामदार पक्राउ

नक्कली परिचयपत्र सहित कामदार पक्राउ परेको जानकारी दिँदै अधिकारी (तस्बिर : द स्ट्याण्डर्ड)


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १५:२६, हङकङ

हङकङ अध्यागमन विभाग र प्रहरीको संयुक्त अपरेसन टोलीले १४ जना अवैध कामदारलाई पक्राउ गरेको छ।

चुङक्वान ओमा गरिएको अपरेसनमा कामदार पक्राउ गरेको टोलीले नक्कली परिचय पत्र बनाउने र अवैध कामदारलाई रोजगारीको व्यवस्था गर्ने गिरोहसम्म पनि पुगेको बताएको छ।

बुधबार चुङक्वान ओ औद्योगिक क्षेत्रस्थित हङकङ टेक्नोलोजी भेन्चरको मुख्यालयमा काम गर्ने सुरक्षा गार्डबाट सूचना पाएपछि प्रहरीले अपरेसन थालेको थियो।

उपठेकेदारमार्फत आएका दुई कामदारको परिचय पत्र दर्ता गर्ने क्रममा अस्वाभाविक देखेपछि उनले प्रशासनका कर्मचारीलाई देखाएका थिए। कर्मचारीले सक्कलीसँग भिडाएर हेर्दा फरक बनावट देखेपछि उनीहरूले प्रहरीमा रिपोर्ट दर्ता गराएका थिए।

रिपोर्ट पाएलगत्तै आएका प्रहरीले नक्कली परिचयपत्र सहित कामदारलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई नक्कली परिचय पत्र बोकेको, बस्ने शर्त उल्लंघ गरेको र समयभन्दा बढी बसेको आरोपमा पक्राउ गरिएको हो।

दुई कामदार पक्राउ परेपछि टोलीले कार्यक्षेत्रमा अरू पनि अवैध कामदार हुनसक्ने आँकलन गर्दै अपरेसन चलाएको थियो।

दुई दिनसम्म चलेको अभियानमा १३ वटा नक्कली परिचयपत्र सहित ६ पुरुष र आठ जना महिला पक्राउ परेका हुन्।

ठूलो संख्यामा अवैध कामदार पक्राउ परेपछि विभिन्न सञ्चारमाध्यमले हङकङ टेक्नोलोजी भेन्चरसँग जिज्ञासा राखेका थिए।

भेन्चरले उपठेकेदारले अवैध कामदारहरूलाई काममा लिएको थाहा पाएपछि बुधबार दिउँसो तुरुन्तै प्रहरीलाई खबर गरेको बताएको छ। साथै, प्रहरीको अनुसन्धानमा सहयोग पुगोस् भनी सम्बन्धित कर्मचारीलाई खटाएको उल्लेख गरेको छ।

कम्पनीले कुनै पनि गैरकानुनी गतिविधि सह्य नहुने र अवैध धन्दा गर्ने उपठेकेदारसँगको सहयकार्य बन्द गर्ने जनाएको छ।

कम्पनीले घटनाको अनुसन्धानका लागि कानुन प्रवर्तन अधिकारीलाई पनि पूर्ण सहयोग गर्ने बताएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .