हङकङ : जब पसलभित्रै छिर्‍यो जंगली बँदेल

हङकङ : जब पसलभित्रै छिर्‍यो जंगली बँदेल

कृषि, मत्स्यपालन तथा संरक्षण विभागका अधिकारीले बँदेललाई एनेस्थेसिया गरी लगेका थिए (तस्बिरहरू : एससीएमपी)


नेपालखबर
कात्तिक ४, २०८० शनिबार १२:२५, हङकङ

शनिबार बिहान हङकङको मङककस्थित एक फूल पसलमा जंगली बँदेल छिरेर पसलेलाई आक्रमण गरेको छ।

करिब १.५ मिटर लामो बँदेल बिहान ९ बजेतिर पसलभित्र छिरेको थियो।

एक्कासी पसलभित्र छिरेको बँदेललाई धपाउन खोज्दा ४० वर्षीया पसले घाइते भएका हुन्। बँदेलले उनको हात र खुट्टामा टोकेको छ।

बँदेलले मानिसलाई आक्रमण गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

बँदेल पसलभित्र छिरेर मानिसलाई आक्रमण गरेको थियो

करिब साढे ९ बजेतिर खबर पाएको प्रहरीले घटनास्थलमा पुगी घाइतेको उद्धार गरेको थियो। घाइते पसलेलाई याउमा तेइस्थित क्वोङ वाह अस्पताल लगिएको छ।

पसलभित्र छिरेको बँदेललाई अधिकारीहरूले बाल्टिन, ढाललगायत सामग्री प्रयोग गरी नियन्त्रणमा लिएका थिए। 

प्रहरीले नियन्त्रणमा लिएको बँदेललाई कृषि, मत्स्यपालन तथा संरक्षण विभागका अधिकारीले बेहोस बनाएर घटनास्थलबाट निकालेका थिए।

पछिल्लो समय हङकङमा जंगली बँदेलको आक्रमण बढ्दै गएको छ। बँदेलले बस्तीमा छिरेर मानिसलाई आक्रमण गर्न थालेपछि सन् २०२१ मा सरकारले नियन्त्रणमा लिइएका बँदेललाई ‘इथुनाइज’ गर्ने नीति अपनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .