एनआरएनएको नयाँ नेतृत्वमा हङकङले पायो महिला सचिव पद

२,३२० मत सहित टिका गुरुङले मारिन् बाजी
एनआरएनएको नयाँ नेतृत्वमा हङकङले पायो महिला सचिव पद

टिका गुरुङ (राधिका)


नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १६:२९, हङकङ

गैरआवासीय नेपाली संघको बिहीबार काठमाडौँमा भएको प्रत्यक्ष र अनलाइन मतदानबाट नयाँ नेतृत्व चयन भएको छ।

नयाँ नेतृत्वमा लामो समयदेखि हङकङलाई कार्यक्षेत्र बनाएकी टिका गुरुङ (राधिका) महिला सचिव पदमा निर्वाचित भएकी छन्।

एनआरएनएको एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशनले सन् २०२३–२५ का लागि नयाँ नेतृत्व चयन गरेको हो।

यो नेतृत्वको बागडोर डा. बद्री केसीले सम्हालेका छन्। गुरुङ केसीकै प्यानलबाट महिला सचिव पदमा उम्मेदवार बनेकी थिइन्। उनी २,३२० मत ल्याएर विजयी भएकी हुन्।

गुरुङ लामो समयदेखि हङकङमा सामाजिक कार्यमा संलग्न छन्। सन् २००६ देखि एनआरएनएमा संलग्न गुरुङ गैरआवासीय नेपाली संघ हङकङको पूर्वअध्यक्ष हुन्।

पहिलो पटक सन् २०१५–१७ को कार्यकालका लागि संघको अध्यक्षमा पराजित भएकी उनी त्यसपछि २०१७–१९ र २०१९–२१ गरी दुई कार्यकाल अध्यक्ष बनेकी थिइन्।

समाजसेवामा सक्रिय गुरुङलाई हङकङ सरकारले सन् २०१८ मा ‘चिफ एक्ज्युकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’बाट सम्मान गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .