‘चीनलाई रोक्न हङकङ प्रयोग गर्ने’ सोच बन्द गर्न अमेरिकालाई चीनको आग्रह

‘चीनलाई रोक्न हङकङ प्रयोग गर्ने’ सोच बन्द गर्न अमेरिकालाई चीनको आग्रह

तस्बिर : एससीएमपी


नेपालखबर
असार २७, २०८० बुधबार १९:४६, हङकङ

हङकङस्थित बेइजिङको विदेश मामिला शाखाले संयुक्त राज्य अमेरिकाले हङकङमा ‘आपत्‌कालीन स्थिति’ विस्तार गरेकोमा अमेरिकाको आलोचना गरेको छ।

यस कार्यलाई शाखाले ‘आम–पराजय’ र ‘आधिपत्य’ को संज्ञा दिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले हङकङमा राष्ट्रिय आपत्‌काल विस्तार गर्ने अमेरिकी निर्णयलाई हङकङले अस्वीकार गर्दै खारेज गरेको बुधबार बताएका छन्।

बेइजिङले हङकङमा ‘राष्ट्रिय सुरक्षा कानुन’ लागू गरेपछि हङकङमा महिनौंसम्म सरकारको विरुद्धमा प्रदर्शन भएको थियो।

यसैलाई कारण देखाई अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई २०२० मा हङकङलाई ‘राष्ट्रिय आपत्‌काल’को घोषणा गरेका थिए।

वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि यसैलाई निरन्तरता दिएकोमा चीनले विरोध गरेको हो।

हङकङलाई राष्ट्रिय आपत्‌काल घोषणा गरेसँगै अमेरिकाले हङकङलाई दिएको विशेष अधिकार खोसेको छ।

यससँगै हङकङका राहदानी बाहकलाई पनि चिनियाँ राहदानी बाहककै हैसियत रहनेछ।

‘बेइजिङको कार्यले हङकङको स्वायत्ततालाई कमजोर पार्दछ। जसको असर स्वरुप अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रमा गम्भीर खतरा खडा गरेको छ, सोमबार अमेरिकी कंग्रेसमा बोल्दै बाइडेनले भने, ‘त्यसैले, हङकङको अवस्थाको सन्दर्भमा घोषित राष्ट्रिय आपत्‌काललाई जारी राख्न आवश्यक छ।’

यद्यपि, चिनियाँ अधिकारीले भने अमेरिकी पक्षले हङकङलाई अमेरिकाको राष्ट्रिय सुरक्षासँग जोडेर गलत व्याख्या गर्ने पुराना चाललाई पुनः दोहोर्‍याएको आरोप लगाएका छन्।

अमेरिकी घरेलु कानुनको आधारमा हङकङमाथि एकतर्फी प्रतिबन्ध लगाइएको उनीहरूको आरोप छ।

तथाकथित ‘राष्ट्रिय आपत्‌काल’को विस्तारले अमेरिकी पक्षको निराशा र कागजी बाघको प्रवृत्ति देखिएको चिनियाँ पक्षको जिकिर छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता भन्छन्, ‘झुट सधैं झुट हुनेछ। एकतर्फी प्रतिबन्धहरू सबै फोहोर कागजका टुक्रा मात्रै हुन्। ‘एक देश, दुई प्रणाली’को दिगो सफलता हासिल गर्न हङकङ सधैं दृढ छ।’

उनले वाशिंटनलाई आफ्नो ‘राजनीतिक प्रहसन’ बन्द गर्न पनि आग्रह गरेका छन्। उनले भने, ‘हामी अमेरिकी पक्षलाई आत्म–अपमानजनक राजनीतिक प्रहसन तुरुन्तै बन्द गर्न र ‘चीनलाई रोक्न हङकङ प्रयोग गर्ने’ आफ्नो गलत सोच बन्द गर्न आग्रह गर्दछौं।’

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .