५ लाख हवाई टिकट सित्तैमा बाँड्दै हङकङ, मंगलबार २१ हजारले लिए

५ लाख हवाई टिकट सित्तैमा बाँड्दै हङकङ, मंगलबार २१ हजारले लिए

नेपालखबर
असार २७, २०८० बुधबार ७:३१, हङकङ

हङकङले कोभिड–१९ महामारीबाट असर गरेको पर्यटन बजारलाई सुधार गर्न विश्वभरका पर्यटकलाई नि:शुल्क हवाई टिकट दिन सुरु गरेको छ। यस चरणमा हङकङले मंगलबारदेखि थप ८० हजार टिकट सित्तैमा बाँड्न सुरु गरेको हो।

मंगलबार सित्तैमा टिकट बाँड्ने क्रममा हङकङ एक्सप्रेसको साइट सम्म डाउन भयो। २१ हजार ६२६ जनाले टिकट लिए। केहीले घण्टौँसम्म पर्खिँदा पनि टिकट लिन पाएनन्। सरकारको 'हेलो हङकङ' अभियानको यो चरण मंगलबार बिहान १०:३० बजेदेखि सुरु भएको थियो। सुरु भएसँगै सित्तैमा टिकट लिनेको चाप वेबसाइटमा बढेको थियो।

हङकङको पर्यटन बोर्डले विदेशी पर्यटकलाई लोभ्याउन सन् २०२० मा स्थानीय एयरलाइन्सबाट ५ लाख टिकट खरिद गरेको थियो। तर कोरोना भाइरसको महामारीका कारण उक्त अभियान रोकिएको थियो। 

गएको फेब्रुअरीदेखि पुन: सुरु भएको यस अभियानमा पहिलो चरणमा केही टिकट जापान, सिंगापुर र अमेरिकालाई दिइएको थियो। अघिल्लो महिना जापानलाई १२ हजार टिकट नि:शुल्क दिइएको थियो, त्यसबेला टिकट लिनका लागि २ लाख ७५ हजार जना मानिसले अनलाइन प्रक्रिया बढाएका थिए।

यो चरणमा इन्डोनोसिया, जापान, कोरिया, चीन, थाइल्याण्ड र भियतनाम सहरका पर्यटकलाई आकर्षित गर्न ८० हजार टिकट हङकङले नि:शुल्क वितरण गर्न लागेको छ।

उक्त टिकटमा पर्यटकहरू आगामी अगस्ट १ देखि सन् २०२४ को मे ३१ सम्म हङकङ यात्रा गर्न सक्नेछन्।

हङकङमा कोभिड महामारीपछि गएका तीन वर्ष कडा लकडाउन गरिएको थियो। गएको फ्रेब्रुअरी ८ मा विश्व यात्रा लागि खुला गर्दै सबै स्वास्थ्य मापदण्डहरू हटाइएको थियो। त्यसपछि हङकङले विदेशी पर्यटकलाई आकर्षित गर्न 'हेलो हङकङ' अभियान पुन: सुरु गरेको छ।

बितेका ६ महिनामा मात्रै १ करोड ३० लाख बढी विदेशी पर्यटक हङकङ पुगेका छन्।

हङकङ विदेशी पर्यटकका लागि प्रसिद्ध पर्यटकीय गन्तव्य हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .