हङकङकी मोडेल एबी चोइको हत्या आरोपितलाई सघाउने प्रयास गरेकी एक महिला पक्राउ परेकी छन्। उनी हङकङबाट भागेर मुख्यभूमि चीन प्रवेश गरेकी थिइन्।
उनलाई मंगलबार बिहान अधिकारीहरुले सेन्चेन बेबाट हङकङ प्रहरीलाई हस्तान्तरण गरिएको छ।
एबी चोइ हत्याको घटनामा पक्राउ पर्ने उनी सातौँ व्यक्ति हुन्।
यी २९ वर्षीया महिला सोसल मिडिया इन्फ्लुएन्सर भएको र उनी चोइका पूर्वपति एलेक्स क्वङको साथी भएको बताइएको छ।
स्रोतका अनुसार उनले एलेक्सलाई हङकङबाट भगाउन खोजेकी थिइन्।
‘उनले पीडितकी पूर्वपतिलाई भाग्न डुंगाको व्यवस्था गर्न सघाएको शंका छ,’ स्रोतले भन्यो।
उनको भूमिकाबारे अनुसन्धान भइरहेको स्रोतको भनाइ छ। एससीएमपी
फागुन २३, २०७९, मंगलबार
प्रतिक्रिया