हङकङको एउटा युनिभर्सिटीका डाक्टरहरुले विश्वमै पहिलो पटक रोबोट र माइक्रोवेभको सहायताले क्यान्सरको शल्यक्रिया गरेका छन्। उनीहरुले बिरामीको फोक्सोमा पलाएको ट्युमर शल्यक्रिया गरी हटाएका हुन्।
यो प्रविधिबाट शल्यक्रिया गर्दा परम्परागत शल्यक्रिया गर्दाभन्दा निकै कम जोखिम हुने बताइएको छ।
चाइनिज युनिभर्सिटीको टिचिङ अस्पतालका डाक्टरहरुले सा तिनस्थित प्रिन्स अफ वेल्स अस्पतालमा सो शल्यक्रिया गरेका थिए। जसमा रोबोटको सहायताले माइक्रोवेभ उत्पादन गर्ने औजारलाई फोक्सोभित्र हुलेर ट्युमर हटाइएकाे थियो।
यस्तो विधिद्वारा गरिएको शल्यक्रिया विश्वकै पहिलो भएको पनि बताइएको छ।
हङकङका तीन बिरामीमा यो विधिले शल्यक्रिया गरिएको छ। थप एक सयभन्दा बढीमा यो विधि प्रयोग गरिने छ।
चाइनिज युनिभर्सिटीका प्राध्यापक काल्भिन ङले सो प्रविधिको सहायताले फोक्सोमा पलाएका ट्युमरहरुको शल्यक्रिया फोक्सो प्वाल नपारी, रगत ननिकाली र कुनै जटिलता ननिम्त्याइ गर्न सकिने बताए। एससीएमपी
प्रतिक्रिया