हङकङबाट बेइजिङलगायत मुख्य भूमिका विभिन्न सहरहरुमा लामो दुरीको रेल सेवा अप्रिल १ बाट सुरु हुने भएको छ। क्वाङतोङ प्रान्तका तीन गन्तव्यमा भने मार्च ११ बाटै सेवा सञ्चालन हुने अधिकारीहरुले बताएका छन्।
तीव्र गतिको रेलबाट क्वाङचौ इस्ट जाने यात्रीहरुले अब १० मिनेट समय जोगाउन सक्ने पनि उनीहरुले बताएका छन्। किनभने बीचका दुई स्टेसनमा अब रेल रोकिने छैन।
जनवरी २५ देखि हङकङबाट छोटो दुरीका रेल सेवा सुरु भएको थियो। त्यसको डेढ महिनापछि लामो दुरीका गन्तव्यहरुमा पनि सेवा सञ्चालन गर्न लागिएको हो।
कोरोनाको कारण जनवरी २०२० मा रेल सेवा ठप्प भएको थियो। यसको हङकङ खण्ड एमटीआर कर्पोरेसनले सञ्चालन गरेको छ। त्यसले सहरलाई मुख्यभूमिका ६८ स्थानसँग जोडेको थियो।
आउँदो शनिबारदेखि वेस्ट काउलुन स्टेसनबाट चाओसान, सान्ताउ र चाओचिङसम्म सेवा सुरु हुनेछ।
मार्च ११ देखि सञ्चालन हुने ट्रेनको संख्या ७२ बाट बढाएर १०२ पुर्याइनेछ।
लामो दुरीको टिकट आउँदो मंगलबारबाट किन्न सकिनेछ। मुख्यभूमि जाने सबै यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ। एससीएमपी
प्रतिक्रिया