हङकङ मामिला हेर्ने बेइजिङको कार्यालयले अब चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वलाई सिधै रिपोर्ट गर्ने व्यवस्था गर्न लागिएको छ।
यो कदमले हङकङको महत्वलाई दर्शाउने र हङकङ मामिलामा पार्टीको पकड थप बलियो हुने आकलन गरिएको छ।
हङकङ तथा मकाउ मामिला कार्यालय स्टेट काउन्सिल (मन्त्रिपरिषद्) अन्तर्गतको एउटा मन्त्रीस्तरीय प्रशासनिक एजेन्सी हो। अब यसलाई पार्टीको केन्द्रीय कमिटी अन्तर्गत सार्न लागिएको हो।
मंगलबार केन्द्रीय समितिको दोस्रो बैठकले सो निर्णय अनुमोदन गरेको हो।
अब सो निर्णयलाई राष्ट्रिय जनकंग्रेसमा पेस गरिनेछ। जुन आइतबार सुरु हुँदैछ।
र, सो निर्णय पारित भएपछि लागू हुनेछ। सो कार्यालयको नाम समेत बदलिन सक्ने बताइएको छ।
यो निर्णयलाई सो कार्यालयको बढुवाका रुपमा लिइएको छ। किनभने चीनमा महत्वपूर्ण निर्णयहरु पार्टी केन्द्रले नै गर्ने गर्छ। एससीएमपी
फागुन १८, २०७९, बिहीबार
प्रतिक्रिया