बुधबारदेखि हङकङमा मास्क लगाउनुपर्ने नियम अन्त्य हुने भएको छ। यससँगै करिब तीन वर्षपछि हङकङ कोभिड–१९ सम्बन्धी सम्पूर्ण व्यवस्था अन्त्य गरेको हो।
मंगलबार कार्यकारी प्रमुख जोन लीले घरभित्र र बाहिर तथा सार्वजनिक यातायातमा मास्क लगाउनुपर्ने नियम अन्त्य भएको घोषणा गरेका हुन्।
यद्यपि, केही प्रशासनिक कार्यक्रमहरु, अस्पताल र वृद्धाश्रमहरुमा भने मुख छोप्नुपर्ने हुन्छ।
यसअघि छिमेकी मकाओ सहरले मास्कसम्बन्धी सम्पूर्ण नियम अन्त्य गरेको थियो।
लीले हङकङको कोभिडसम्बन्धी सम्पूर्ण अवस्था ख्याल गरेर यस्तो निर्णय लिइएको बताए।
‘स्थानीय संक्रमण नियन्त्रणभित्र छ। हङकङले ठूलो प्रतिरक्षा प्रणाली विकास गरेको छ,’ लीले भने, ‘हामी सम्पूर्ण हिसाबले सामान्य अवस्थामा फर्किंदै छौँ। जुन आर्थिक विकास, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र आफ्नै गतिविधिका लागि पनि फाइदाजनक हुनेछ।’ एससीएमपी
प्रतिक्रिया