हङकङको अदालतले मोडल एबी चोइको हत्या अभियोगमा पक्राउ परेका पूर्वपतिको परिवारका चार जनालाई हिरासतमा पठाएको छ। सोमबार उनीहरुलाई अदालतमा उपस्थित गरिएको थियो।
अदालतले उनीहरुलाई जमानतमा छाड्न नमिल्ने गरी हिरासतमा पठाएको हो।
चोइका पूर्वपति एलेक्स क्वङ, २८, उनका बुबा, ६५, आमा र दाजु, ३१ माथि हत्या आरोप छ। उनीहरुले लुङ मेई गाउँको चार तले घरको भुइँतलामा फेब्रुअरी २१ का दिन चोइको हत्या गरेका थिए।
क्वङकी ६३ वर्षीया आमालाई चाहिँ प्रमाण नष्ट गरेको आरोप लगाइएको छ।
उनीहरुलाई पुर्याइँदा अदालतको ग्यालरी पत्रकार र दर्शकहरुको घुइँचोले खचाखच थियो। अदालतले अनुसन्धानका लागि १० हप्ताको समय उपलब्ध गराएको छ।
चोइका पूर्वपति शनिबार तुङ चुङबाट पक्राउ पर्दा उनको साथबाट ठूलो मात्रामा नगद र दशौँ लाख डलर मूल्यका घडीहरु फेला परेको अदालतमा बताइएको छ।
चोइको शरीरका थुप्रै हिस्सा अझै भेटिएका छैनन्। उनको टाउको र करङ पकाइएको अवस्थामा भाँडामा शुक्रबार भेटिएको थियो भने गोडा फ्रिजमा फेला परेको थियो।
उनको शरीर र हात अझै फेला परेको छैन।
क्वङलाई लुकाउन सघाएको आरोपमा पाँचौँ आरोपितका रुपमा एक महिलालाई पनि पक्राउ गरिएको छ। एससीएमपी
प्रतिक्रिया