हङकङमा बीभत्स हत्या गरिएकी मोडलका पूर्वपति पक्राउ परेका छन्। एबी चोइ तिन फङका पूर्वपति तुङ चुङमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।
उनी हङकङबाट भाग्न स्पिडबोटको प्रतीक्षामा रहेको अवस्थामा समातिएको बताइएको छ।
मंगलबारबाट हराइरहेकी चोइको शव टुक्राटुक्रा पारिएको अवस्थामा प्रहरीले फेला पारेको थियो। लुङ मेइ स्युनस्थित तीन तले घरको भुइँ तलामा उनको शव फेला परेको थियो।
तर, उनको टाउको, शरीर र हात अझै फेला परेको छैन।
उनका पूर्वपतिका आमाबुबा र दाजु पक्राउ परिसकेका छन्।
प्रहरीले उनको हत्या योजनाबद्ध रुपमा भएको बताएको छ। १० करोड डलर मूल्यको फ्ल्याटका विषयमा किचलो भएपछि पूर्वससुराको डिजाइनमा सो हत्या भएको प्रहरी स्रोतको भनाइ छ।
उनका पूर्व ससुरा पूर्व प्रहरी पनि हुन्। शव फेला परेको घर उनैले यही महिना भाडामा लिएका थिए। प्रहरीले नभेटिएको शरीरका अंगहरुको खोजी गरिरहेको छ। जसमा एक सयभन्दा बढी व्यक्ति खटाइएको छ। एससीएमपी
प्रतिक्रिया