हङकङमा सार्वजनिक स्थलमा बाजा बजाएर भिख मागेको आशंका दुई वृद्ध चिनियाँ पर्यटक पक्राउ परेका छन्। ६६ वर्षीय पुरुष र ७३ वर्षीया महिलालाई भिख मागेको आरोप लगाएर बिहीबार दिउँसो साइ वान होस्थित इस्टर्न कोर्टमा हाजिर गराइएको छ।
ती पर्यटक दुई दिनअघि मात्र हङकङ आइपुगेका थिए।
हङकङमा सार्वजनिक स्थलमा भिख माग्न वर्जित छ। त्यसो गरे पहिलो पटक एक महिनासम्म जेल हालिन्छ भने २ हजार डलरसम्म जरिवाना तिराइन्छ।
सार्वजनिक स्थान, बाटो र जलमार्गमा उभिएर वा हिँडेर कसैसँगै मागेको पाइए कारबाही गर्ने गरिन्छ।
बिहीबार बिहान १० बजेतिर बाल्टीमा पैसा माग्दै एउटा चिनियाँ बाजा बजाएर ती वृद्धहरुले भिख मागेको खबर प्रहरीमा पुगेको थियो।
प्रहरी आएपछि उनीहरुले कजवे बेबाट भाग्ने कोेसिस गरेका थिए।
प्रहरीले उनीहरुको साथबाट एउटा बाजा, प्लास्टिकको बाल्टी र ३५ सय हङकङ डलर फेला पारेको छ। एससीएमपी
प्रतिक्रिया