हङकङ सरकारले यहाँका बासिन्दालाई पुनः ५ हजार हङकङ डलरको भौचर वितरण गर्ने भएको छ।
स्थायी बसोबास गर्ने वयष्कहरु र नवअगान्तुक दुवैलाई दुई किस्ता गरेर सो सुविधा दिइने वित्तमन्त्री पौल चान मो पोले बताए।
अनेक माध्यमबाट हङकङ आएका र हङकङमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीले पनि आधा अर्थात् २५ सय डलरको भौचर प्राप्त गर्ने उनले बताए।
बुधबार बिहान यो सरकारको पहिलो बजेट प्रस्तुत गर्दै मन्त्री चानले सरकारले आगामी अप्रिलमा ३ हजार डलरको पहिलो भौचर चुक्ता गर्ने बताए। जसका लागि गत वर्षको आगमन तथ्यांकलाई आधार मानिने उनको भनाइ छ।
बाँकी भौचर यो वर्षमा मध्यसम्ममा योग्य सबै व्यक्तिको भौचरसँगै चुक्ता गरिनेछ।
यो पहललाई समुदायले रुचाएको हुनाले पुनः सुविधा दिन लागिएको चानले बताए।
फागुन १०, २०७९, बुधबार
प्रतिक्रिया