हङकङ प्रहरीले सहरभर आपराधिक गिरोहलाई लक्षित गर्दै छापा हानेको छ। सो क्रममा २३४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा दर्जनौँ व्यक्ति लागुऔषध, अवैध यौनधन्दा र जुवाजस्ता गतिविधिमा संलग्न गिरोहका सदस्य रहेको प्रहरीको भनाइ छ।
‘अप्रेसन लेभिङ्टन’ नाम दिइएको सो प्रहरी कारबाहीमा बिहीबार प्रहरीले गुप्त रुपमा जुवा खेलाइने १५ वटा अखडा बन्द गराएको छ। त्यस्तै, दुई यौन धन्दा सञ्चालन हुने स्थान र एउटा अवैध चुरोट भण्डार पनि फेला पारेको छ।
ती धन्दा सुन यी ओन र फोर्टिन के जस्ता फरकफरक गिरोहको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।
प्रहरी कारबाहीमा २ लाख २० हजार हङकङ डलरको लागुऔषध, ४५ लाख डलरको अवैध चुरोट र २० लाख मूल्यको जुवा खेल्दा प्रयोग हुने चिप्सका साथै १९ लाख डलरभन्दा बढी नगद पनि बरामद भएको छ।
पक्राउ परेका २३४ मध्ये २०६ जना स्थानीय छन् भने १२ जना मूख्य भूमि चीनका बासिन्दा हुन्। त्यस्तै, १३७ पुरुष छन् भने ९७ महिला। एससीएमपी
प्रतिक्रिया