चिनियाँ फुड डेलिभरी कम्पनी मेतुआनले हङकङमा व्यवसाय विस्तार गर्ने भएको छ। जसले हङकङमा स्थापित फुडपान्डा र डेलिभरुजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नेछ।
मेतुआनले सोमबार सुरुवाती १४ दिनसम्म कामदारहरुलाई प्रत्येक अर्डर पुरा भएलगत्तै बोनस बढाउँदै जाने बताएको छ।
त्यसरी अधिकतम २५ सय हङकङ डलरसम्म रकम दिने सो कम्पनीले जनाएको छ।
तर, कहिलेदेखि हङकङमा सेवा सुरु गर्ने, कति मानिसलाई रोजगार दिने र तिनको कमाइ कति हुने भन्नेबारे कुनै जानकारी कम्पनीले दिएको छैन।
तर, कम्पनीमा काम गर्न हङकङमा रोजगारीको अधिकार भएको व्यक्ति हुनुपर्ने कम्पनीले बताएको छ।
२०२१ मा उबर बाहिरिएपछि हङकङको फुड डेलिभरी बजारमा फुडपान्डा र डेलिभरुको वर्चस्व छ।
मेतुआनले २०१८ मा पनि हङकङ छिर्ने योजना बनाएको थियो। तर, चुनौतीका कारण पछि हटेको थियो। एससीएमपी
1.5k
Shares
प्रतिक्रिया