सामूहिक हङकङ भ्रमणमा एकपटक मात्र पीसीआर गरे पुग्ने

सामूहिक हङकङ भ्रमणमा एकपटक मात्र पीसीआर गरे पुग्ने

नेपालखबर
मंसिर ३, २०७९ शनिबार ११:३४, हङकङ

शनिबारदेखि हङकङ भ्रमणमा जाने टोलीले चार दिनभन्दा कम समय बस्ने भए एकपटक मात्र पीसीआर परीक्षण गराए पुग्ने भएको छ।

पछिल्लो समय आन्तरिक पर्यटकका लागि नियम खुकुलो पार्ने क्रममा हङकङको सरकारले यस्तो निर्णय गरेको हो। शुक्रबार सार्वजनिक गरिएको नियमअनुसार यसरी भ्रमणमा जाने टोलीले अनुमतिप्राप्त टुर गाइडलाई पनि साथमा लग्नुपर्ने हुन्छ। 

पछिल्लो समय हङकङमा कोरोनाका नयाँ संक्रमित देखिने क्रम जारी रहेको भए पनि सरकारले आर्थित गतिविधि बढाउने उद्देश्यका साथमा नियमहरु खुकुलो बनाउने क्रमलाई तीव्रता दिएको हो। शुक्रबार मात्र पनि हङकङमा कोरोनाका ८ हजार नयाँ संक्रमित थपिएका थिए।

जसमध्ये ५०७ आयातित संक्रमित थिए। त्यस्तै कोरोना संक्रमणको कारण शुक्रबार आठजनाको मृत्यु भएको थियो। 

नोभेम्बरको सुरुमा नै हङकङ सरकारले सामूहिक भ्रमणमा जाने टोलीलाई रेष्टुरेन्ट, पार्क र म्युजियमजस्ता स्थानमा प्रवेशको अनुमति दिइने बताएको थियो। पछिल्लो समय हङकङमा महामारीको जोखिम ठूलो कि आर्थिक विकास भन्ने बहसले स्थान पाएको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .