हङकङमा चाइना एभरग्रान्डका पूर्वकार्यकारीमाथिको बलात्कार प्रयास अभियोग फिर्ता

हङकङमा चाइना एभरग्रान्डका पूर्वकार्यकारीमाथिको बलात्कार प्रयास अभियोग फिर्ता

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १५:९, हङकङ

हङकङका सरकारी वकिलहरुले बलात्कार प्रयासको आरोप लागेका चाइना एभरग्रान्डका एक पूर्व कार्यकारीमाथिको अभियोग फिर्ता गरेका छन्। पीडितको मानसिक अवस्थाका कारण उनले प्रमाण दिन नसकेको भन्दै अभियोग फिर्ता लिइएको जनाइएको छ।

३७ वर्षीय मर्चेन्ट चेन फेनमाथि गत वर्षको मार्च २ मा एक महिलामाथि आक्रमण गरेको आरोप थियो। उनीमाथि बलात्कार प्रयासको अभियोग लगाइएको थियो। 

तर, सरकारी वकिलहरुले शुक्रबार अदालतसामु पीडित भनिएकी महिलाको अवस्थामा सुधार नआएको भन्दै अभियोग अघि नबढाउने निर्णय गरिएको बताए।

‘उजुरीकर्ता गम्भीर रुपले व्याकुल छिन्। त्यो पीडादायी घटनाबारे बोल्न उनले अस्वीकार गरेकी छन्। त्यसैले उनी यो मुद्दामा बयान दिन असमर्थ छिन्,’ सरकारी वकिलले भने।

उनको गोपनीयताका रक्षा गर्न सरकारी वकिलहरुले उनको पहिचान खुल्ने कुनै पनि जानकारी प्रकाशन गर्न नदिने निवेदन पनि दिएका छन्।

गत वर्ष चेन गिरफ्तार भएपछि लकडाउनकै बेला उनले हङकङ उच्च सरकारी अधिकारीहरुसँग एक विलासी क्लबहाउसमा हटपट डिनर पनि गरेको खुलेको थियो।

सो डिनरमा सहभागी सबैलाई ५ हजार हङकङ डलरका दरले जरिवाना तिराइएको थियो।

चेन चीनको ठूलो रियल ठूलो स्टेट कम्पनी चाइना एभरग्रान्डमा हाल कार्यरत नरहेको जनाइएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .