हङकङमा चुलियो तरलता अभाव, केन्द्रीय बैंकले गर्‍यो मौद्रिक हस्तक्षेप

हङकङमा चुलियो तरलता अभाव, केन्द्रीय बैंकले गर्‍यो मौद्रिक हस्तक्षेप

नेपालखबर
कात्तिक १९, २०७९ शनिबार ११:२८, हङकङ

हङकङको डि फ्याक्टो केन्द्रीय बैंकले  स्थानीय मुद्रालाई सहयोग गर्न मौद्रिक हस्तक्षेप गरेको छ। हङकङको तरलता  एक खर्ब हङकङ डलरभन्दा कममा झरेसँगै केन्दीय बैंकले नयाँ कदम चालेको हो। 

हङकङ मनिटरी अथोरिटी (एचकेएमए)ले ३८ करोड  ९० लाख अमेरिकी डलर सञ्चिति बिक्री गरेर सोही बराबरको ३ अर्ब ५ करोड एचके डलर साटको हो। स्थानीय मुद्रा कमजोर बनेसँगै केन्द्रीय बैंकले नयाँ निर्णय गरेको हो।

एचकेएमएले यस वर्ष विभिन्न ४० पटकको हस्तक्षेपमा २ खर्ब ४१ अर्ब एचके डलरभन्दा धेरै रकम खरिद गरेको छ।

यससँगै अब  केन्द्रीय बैंकसँगको तरलता  ९६ अर्ब ७७ एचके डलरमा झरेको छ। सन् २०२० को जुनयता पहिलोपटक तरलता एक खर्ब एचकेडलरभन्दा कममा झरेको हो। 

हङकङको केन्द्रीय बैंकले पहिलोपटक मे ११ मा मौद्रिक हस्तक्षेप गरेको थियो। त्यसयता अहिलेसम्म तरलता  ७१ प्रतिशतले घटिसकेको छ।

बजारमा तरलता अभाव हुँदै गएसँगै गत बिहीबार एचकेएमएले ब्याजको आधार दर पनि ३.५ प्रतिशतबाट बढाएर ४.२५ प्रतिशतमा पुर्‍याएको थियो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .