२० लाखभन्दा धेरै हङकङवासीलाई छ ‘लङ कोभिड’

२० लाखभन्दा धेरै हङकङवासीलाई छ ‘लङ कोभिड’

नेपालखबर
असोज ३१, २०७९ सोमबार ९:१६, हङकङ

हङकङका २० लाखभन्दा धेरै मानिसमा लङ कोभिडको समस्या हुन सक्ने एक अध्ययनले देखाएको छ।

अहिले जारी रहेको उक्त अध्ययनका अनुसार सहभागीमध्ये ७० प्रतिशतमा डिप्रेसन, कमजोर स्मरण शक्ति र कपाल झर्नेजस्ता समस्या देखिएको छ। 

चाइनिज युनिभर्सिटी अफ हङकङका शोधकर्ताहरुले ६ हजार ९९४ मानिसहरुमा यो अध्ययन गरेका थिए। आइतबार सार्वजनिक गरिएको उक्त अध्ययनमा सहरको स्वास्थ्य स्याहार क्षेत्रलाई थप दबाब पर्न नदिन निश्चित क्लिनिक स्थापना गरी यस्तो समस्या भएका मानिसको उपचार गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ। 

जुर्लाईदेखि अक्टोबरको बीचमा गरिएको अध्ययनमा सहभागी ७० प्रतिशतले लङ कोभिडको कम्तीमा एउटा लक्षण आफूमा देखिएको उल्लेख गरेका थिए।

अध्ययनमा सहभागी करिब ३० प्रतिशतले दुई वा तीन डोज कोरोना खोप लगाएका थिए। उनीहरुमा सामान्य किसिमको अल्पकालीन लक्षण देखिएको थियो। यद्यपि बाँकी ७० प्रतिशतमा भने निरन्तररुपमा उक्त लक्षण देखिइ नै रहेका छन्। 

केही मानिसमा भने पछिल्लो दुई वर्षयता नै लङ कोभिडको समस्या देखिँदै आएको छ। अहिलेको अध्ययनको अनुपातलाई मान्ने हो भने हङकङमा महामारी सुरु भएयता संक्रमण देखिएका सम्भावित ३० लाखमध्ये करिब २० लाखमा लङ कोभिडको समस्या छ। आधिकारिकरुपमा भने अहिलेसम्म हङकङमा १८ लाख संक्रमित फेला परेका छन्। 

अध्ययनमा लङ कोभिड देखिएकामध्ये ४० प्रतिशतले कमजोर स्मरणशक्तिको समस्या सुनाएका थिए। साथै ३० प्रतिशतले अस्थिर मनस्थितिको समस्या सुनाएका थिए।

२० प्रतिशतमा लगातारको खोकी लाग्ने समस्या देखिएको थियो भने ४० प्रतिशतले आफूलाई एकभन्दा धेरै समस्या देखिएको उल्लेख गरेका थिए। २० प्रतिशत मानिसले आफूलाई लङ कोभिडको समस्या देखिएको र निको पनि भइसकेको बताएका थिए। 

लङ कोभिडबाट निको भएका मानिसहरुले पनि आफ्नो कार्य क्षमतालगायतका कुरामा यसले असर पारेको बताएका थिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .