हङकङमा बेरोजगारी दर ४.३ प्रतिशतमा झर्‍यो

हङकङमा बेरोजगारी दर ४.३ प्रतिशतमा झर्‍यो

नेपालखबर
भदौ १, २०७९ बुधबार १९:५५, काठमाडौँ

हङकङमा बेरोजगारी दर ४.३ प्रतिशतमा झरेको छ। यो श्रम बजारमा लगातार आएको तेस्रो सुधार हो।

बुधबार तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाईको अन्त्यसम्ममा रोजगार नहुनेहरुको संख्या ०.४ प्रतिशतले घटेको छ। 

मार्चदेखि मेसम्मको अवधिमा बेरोजगारी दर ५.१ प्रतिशत थियो।

अर्धबेरोजगारको संख्यामा पनि ०.८ प्रतिशतले घटेर २.२ प्रतिशत पुगेको छ।

श्रम सचिव क्रिस सुन युकहानले कोरोना नियन्त्रणमै रहेको र सरकारी भौचर वितरणले सहयोग पुगेकाले हङकङको घरेलु आर्थिक गतिविधि आउँदा महिनाहरुमा पनि बढ्दै जाने बताए।

उनले श्रम बजारमा पनि सुधार हुँदै जाने तर सुधारको गति भने आर्थिक अवस्थामा निर्भर हुने बताए।

मुख्यभूमि चीनसँग सामान्य आवातजावत खुला भएपछि त्यसले बेरोजगारी दरलाई न्यून राख्न सघाउने अधिकारीहरुको भनाइ छ।

हङकङको समग्र अर्थतन्त्र पनि दोस्रो त्रैमासमा सुधार भएको छ। तर, त्यो सुधार अपेक्षितभन्दा कम दरमा भएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .