हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष रानालाई सम्मान

हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष रानालाई सम्मान

पूर्वप्रधानमन्त्री प्रचण्डबाट सम्मान ग्रहण गर्दै हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष टंक राना (बायाँबाट दोस्रो)। तस्बिर सौजन्य : सविता पोखरेल


नेपालखबर
भदौ २, २०७९ बिहिबार १३:१५, काठमाडौँ

हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष टंक रानालाई ‘नेसनल इन्टरटेनमेन्ट समाजसेवी सम्मान २०७९’ प्रदान गरिएको छ।

विश्वव्यापी कोरोना महामारीका बेला एक वर्षअघि नेपालका ७७ वटै जिल्लामा करिब ५ करोड रुपैया बराबरको २ सय थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको भन्दै रानालाई समाजसेवी सम्मान दिइएको हो। 

काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा गत मंगलबार आयोजित समारोहमा हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष रानालाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सम्मान पत्र प्रदान गरेका थिए। नेपाली कला संस्कृतिसंगै फिल्म, संगीत क्षेत्रका कलाकारहरुलाई उत्कृष्टताको आधारमा सम्मान र पुरस्कार प्रदान गर्दै आएको नेसनल इन्टरटेन्मेन्ट अवार्ड (एनईए) ले नेपाली समुदायका लागि गरेको योगदानको कदर गर्दै रानालाई नेसनल इन्टरटेनमेन्ट समाजसेवी सम्मान प्रदान गरिएको आयोजक अवार्डका अध्यक्ष सूर्य चन्द्रले बताए।

रानाले आफ्ना थांततलो धरान भए पनि हङकङलाई कर्मथलो बनाएर बसे पनि सकेसम्म सामाजिक क्षेत्रमा सक्रिय भएर काम गर्दा नेपाली दाजुभाइले सम्झेर सम्मान गरेकामा खुसी व्यक्त गरे। उनले हङकङमै बसेर जीविका चलाइरहेका भए पनि सकेसम्मको सहयोग जारी राख्ने बताए। उनले भने, ‘स्वदेशमा पाएको यो सम्मानले मलाई थप जिम्मेवारी दिएको छ।’

अवार्डका संयोजक सविता पोखरेलका अनुसार रानाले कोरोना महामारीमा नेपालमा अक्सिजन कन्सन्ट्रेटर वितरण गर्नाका साथै धरानमा घण्टाघर निर्माणमा अग्रणी भूमिका खेलेको, धरानमै आधुनिक प्रहरी हिरासत भवन निर्माणमा सहयोग गरेको, धरान रंगशाला पुनः निर्माणमा सहयोगी भूमिका खेलेको, धरान–४ स्थित बूढीमोरङको थुम्की डाँडामा थाउजेन्ड बिग बुद्ध निर्माणका लागि दिएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। 

रानालाई यसअघि हङकङमा बस्ने नेपाली समुदायलाई कोरोना महामारीमा सहयोग गरेको भन्दै द हङकङ स्पेसल एडमिनिस्ट्रेसन रिजन अफ द पिपिल्स रिपब्लिक अफ चाइनाले ‘डेडिकेटेड पब्लिक एन्ड कम्युनिटि सर्भिस अवार्ड–२०२२ ले पुरस्कार दिएको थियो। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .