टीका राना हङकङ सरकारद्वारा सम्मानित

टीका राना हङकङ सरकारद्वारा सम्मानित

मगेन्द्र राई
मंसिर २०, २०७६ शुक्रबार ८:१६,

हङकङबासी नेपालकी रानालाई यहाँको सरकारको गृह मामिला ब्युरोले हङकङको लागि राम्रो र प्रशंसनीय काम गरे बापत् सम्मान गरेको हो।

रानाले युनलोङ जिल्लाका जातिय अल्पसंख्यकहरु बिच सामुदायिक एकता बढाउन र उनीहरुको हितका लागि असाधारण योगदान दिए बापत् उनलाई होम अफेयर्स कमेन्डेसन स्किम अन्तर्गत सम्मान प्रदान गरिएको गृह मामिला ब्युरोले जनाएको छ।

गत सोमबार सेन्ट्रलस्थित सिटिहलको सभाकक्षमा गृह सचीव लाउ कोङ वाह को बाहुलीले रानालाई पदक तथा प्रशंसा पत्र प्रदान गरेका थिए।

‘निश्वार्थ तथा समर्पित भावनाले समुदायप्रति गरेको कार्यलाई हङकङ सरकारले बुझिदिएको छ, यस सम्मानले मलाई समुदायको हक र हितमा काम गर्न थप उर्जा त मिलेको छ नै साथै थप जिम्मेवारी बहन भएको महसुस भएको छ।’ सम्मान ग्रहण गरेपश्चात खुशी व्यक्त गर्दै रानाले नेपालखबरसँग भनिन्,‘वास्तवमा यो पराई भूमिमा एक नेपाली सम्मानित हुनु भनेको सबै नेपालीहरु सम्मानित हुनु हो, म यो खुशी मेरो परिवार, शुभचिन्तक, अग्रज तथा सम्पूर्ण नेपालीहरु बिच बाड्न चाहन्छु।’

राना पश्चिम नेपालको बागलुङबाट हङकङ आएकी हुन्। केही समय अगाडि हङकङकै पोलिटेक्निक विश्व बिद्यालयबाट ईन्फेक्सन कन्ट्रोल अन्तर्गत स्नातकोत्तर गरेकी राना चाईनिज विश्व विद्यालयमा स्वास्थ्य सम्बन्धि रिसर्चर एसिस्टेन्टको रुपमा कार्यरत छिन्। उनी गैर–आवासिय नेपाली संघ हङकङकी पूर्व सचिव समेत हुन् भने नेपालखबर हङकङ कि ब्लगरसमेत हुन्।

रानाले स्वास्थ्य परिचारिकाको रुपमा हङकङ र नेपालमा निशुल्क स्वास्थ्य शिबवर पनि सन्चालन गर्दै आईरहेकी छिन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .