बाहिरबाट आउनेलाई हङकङमा क्वारेन्टिन बस्ने कोठा पाउनै मुश्किल

बाहिरबाट आउनेलाई हङकङमा क्वारेन्टिन बस्ने कोठा पाउनै मुश्किल

नेपालखबर
असार ४, २०७९ शनिबार १३:३९, काठमाडौँ

गर्मीयाममा हङकङ फर्किने योजनामा रहेका मानिसहरुलाई अहिले क्वारेन्टिनको कोठा पाउने मुश्किल पर्न थालेको छ। केहीले त एक रातकै दुई हजार हङकङ डलर तिरेर कोठा बुक गरिरहेका छन्। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार शुक्रबार अनलाइनमा सर्च गर्दा जुलाई ३१ मा मिति सकिने निर्धारित क्वारेन्टिन होटलका कोठाहरु अधिकांश बुक भइसकेको देखिएको थियो।

केही होटलमा मात्र जुन र जुलाईको लागि दुईदेखि तीनवटा कोठा खाली पाइएको थियो। 

बिहीबार सरकारले अगष्ट १ देखि अक्टोबर ३१ सम्मको लागि ६२ होटलको नयाँ सूची सार्वजनिक गरेको छ। जसमा करिब २३ हजार कोठाहरु रहनेछन्।

राम्रो कोठामा बस्नेले एक रातको ५५० देखि २४ सय हङकङ डलरसम्म पर्छ। त्यस्तै विलासी कोठाको लागि एक रातको ६० हजार हङकङ डलरसम्म पर्छ। 

हङकङको अहिलेको नियमअनुसार बाहिरबाट आउने मानिसहरुले कोरोनाको पूरा डोज खोप लगाएको छ भने निर्धारित होटलमा ७ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ भने खोप नलगाएका मानिसले भने १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। 

अहिले नयाँ सूचीमा रहेका केही होटलले नयाँ कोठा सार्वजनिक गर्न लागेको भए पनि आगामी जुलाईको मध्य वा अगष्टयता मानिसले कोठा पाउन निकै कठिन हुने देखिएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .