हङकङको नयाँ मन्त्रिपरिषदका सदस्यको नियुक्ति अनुमोदन

हङकङको  नयाँ मन्त्रिपरिषदका सदस्यको नियुक्ति अनुमोदन

नेपालखबर
असार ५, २०७९ आइतबार १०:५, काठमाडौँ

मेनल्याण्ड चीनको स्टेट काउन्सिलले हङकङको आगामी सरकारका शीर्ष अधिकारीको नियुक्ति अनुमोदन गरेको छ।

हङकङ प्रमुख बन्न गइरहेका जोन लि का चिउको मन्त्रिपरिषदका सदस्यहरुको नाम आइतबार काउन्सिलले अनुमोदन गरेको हो। 

जोन लिको मन्त्रिपरिषदको अर्थमन्त्रीमा पाउल चान मो पो  कायम रहनेछन् भने पाउल लाम टिङ–क्वोक न्यायमन्त्री हुनेछन्।

आइतबार यस विषयमा जोन लीले विस्तृत जानकारी गराउन सक्ने साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

यसअघि जोन लिले मन्त्रिपरिषदका सदस्यहरुको नाम अनुमोदनको लागि बेइजिङ पठाएका थिए। 

जोन लीको मन्त्रिपरिषदमा २६ जना अधिकारी रहनेछन्। जसमा तीनवटा नयाँ पदहरु पनि छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .