हङकङ लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा महँगो सहर

हङकङ लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा महँगो सहर

नेपालखबर
जेठ २५, २०७९ बुधबार १०:१६, काठमाडौँ

हङकङ लगातार तेस्रो वर्ष बसोवासका लागि सबैभन्दा महँगो सहर बनेको छ।

ईसीए इन्टरनेशनलले सार्वजनिक गरेको वरीयताअनुसार हङकङ बाहिरबाट आउनेका लागि लगातार तेस्रो वर्ष विश्वको महँगो सहर बनेको हो।

निकै कडा किसिमका कोरोना महामारी नियन्त्रणको नीतिको तथा बसोवासको खर्च बढेसँगै मानिसहरुले हङकङको विकल्पको रुपमा सिंगापुर दुबईलाई रोज्न थालेका छन् । 

सर्वेक्षण अनुसार बसोवासका लागि सबैभन्दा महँगा शीर्ष पाँच सहरमा न्युयोर्क, जेनेभा, लण्डन र टोकियो अटाएका छन्।

विश्वका सबैभन्दा महँगा १० सहरमा एसियाका पाँच सहर परेका छन्। एसियाबाट हङकङ र टोकियोका साथै संघाई, ग्वान्झोउ र सोल पनि शीर्ष १० सहरभित्र अटाएका छन्।

पछिल्लो एक वर्षमा विश्वका अन्य सहरको तुलनामा हङकङको मुद्रास्फीतिदर कम रहे पनि यो सहर विश्वको सबैभन्दा महँगो सहरको रुपमा कायम रहेको हो। यद्यपि यो अवधिमा निरन्तर हङकङ डलर अन्य मुद्राभन्दा बलियो रहेकाले पनि हङकङ विश्वको महँगो सहर बनेको हो। 

पछिल्लो समय एसियाको अर्को सहर सिंगापुरमा पनि दैनिक जीवनयापनको खर्च निकै बढेको छ। सिंगापुर सूचीको १३ औं स्थानमा छ। 

यसैबीच बाहिरबाट आउने मानिसका लागि हङकङप्रतिको आकर्षणमा पनि कमी आएको छ। हङकङको निकै कडा कोरोना प्रतिबन्धको नीतिको कारण हङकङप्रतिको आकर्षणमा कमी आएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .