‘हङकङमा कोरोनाको छैटौं लहर सुरु भयो भन्नु हतार हुन्छ’

‘हङकङमा कोरोनाको छैटौं लहर सुरु भयो भन्नु हतार हुन्छ’

नेपालखबर
जेठ २४, २०७९ मंगलबार १०:२५, काठमाडौँ

हङकङ प्रमुख क्यारी लामले अहिले नै कोरोनाको छैटौं लहर आइपुगेको भन्नु हतार हुने बताएकी छिन्।

यस महिनामा हङकङमा कोरोना संक्रमण बढिरहेको पनि त्यसलाई नयाँ लहर भन्न सकिने अवस्था अझै नभएको उनले बताएकी हुन्।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै लामले कोरोना संक्रमण नियन्त्रणको विषयमा थप कदम चाल्नेबारे सरकारी महामारीविदहरुसँग छलफल गर्ने बताएकी छिन्। 

सोमबार हङकङमा कोरोनाका ५४३ नयाँ संक्रमित फेला परेका थिए।

हङकङ सरकारले जुन महिनाको अन्तिमसम्ममा जुलाई १ मा हुने वार्षिक स्वतन्त्रता दिवसअघि उक्त कार्यक्रमलाई लक्षित गर्दै आवश्यक व्यवस्था गर्ने तयारी गरेको छ। 

हङकङ प्रमुख लामले पछिल्लो समय कोरोना संक्रमण बढेको विषयमा सरकार चिन्तित रहेको बताएकी छिन्।

यद्यपि कोरोना संक्रमणको केही सूचकले भने अवस्था त्यति गम्भीर भने नदेखाएको हङकङ प्रमुख लामको भनाइ छ। 

लामले जुन महिनाको ३० यता अहिले कायम रहेका महामारी नियन्त्रणसम्बन्धी प्रतिबन्ध नहट्ने बताइन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .