घट्यो हङकङका युनिभर्सिटीको अन्तर्राष्ट्रिय ख्याति

घट्यो हङकङका युनिभर्सिटीको अन्तर्राष्ट्रिय ख्याति

नेपालखबर
जेठ २६, २०७९ बिहिबार ११:५, काठमाडौँ

हङकङका युनिभर्सिटीको अन्तर्राष्ट्रिय ख्याति घटेको एक अध्ययनले देखाएको छ। बेलायती शैक्षिक सूचना कम्पनी क्युवाक्युआरली सिमोन्ड्स (क्युएस)ले सार्वजनिक गरेको वरीयताअनुसार गत वर्षको तुलनामा हङकङका युनिभर्सिटीको ख्याति घटेको पाइएको हो। 

बिहीबार सार्वजनिक गरिएको वरीयतामा विश्वभरका १ हजार ४१८ युनिभर्सिटी सामेल छन्। अन्तर्राष्ट्रिय ख्याति घटे पनि हङकङका चार युनिभर्सिटीको वरीयता अघिल्लो वर्षको तुलनामा सुधार भएको छ। हङकङका तीन युनिभर्सिटीको वरीयता भने खस्किएको छ। 

वरीयताअनुसार हङकङ युनिभर्सिटी अघिल्लो वर्षको तुलनामा एक सुधार हुँदै २१ औं स्थानमा झरेको छ भने चाइनिज युनिभर्सिटी अफ हङकङ एक स्थान सुधार भएर ३८ औं स्थानमा पुगेको छ ।

बापटिस्ट युनिभर्सिटी ६ स्थान माथि उक्लिँदै सूचीको २८१ औं स्थानमा छ। त्यस्तै पोलिटेक्निक युनिभर्सिटी पनि २७ स्थान सुधार गर्दै १५१ औं स्थानमा आइपुगेको छ। 

हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी वरीयतामा अघिल्लो वर्षको तुलनामा ६ स्थानले खस्किँदै ४० औं स्थानमा पुगेको छ। त्यस्तै सिटी युनिभर्सिटी एक स्थान खस्किँदै ५४ औं स्थानमा पुगेको छ। लिङनान युनिभर्सिटी पनि ५८१–५९०को रेन्जबाट खस्किएर ६०१–६५० को रेन्जमा पुगेको छ। 

पछिल्लो एक वर्षमा हङकङका युनिभर्सिटीको अन्तर्राष्ट्रिय ख्याति भने खस्किँदै गएको क्युएसले बताएको छ। वरीयतामा परेका हङकङका सात युनिभर्सिटीमध्ये सबैको शैक्षिक ख्याति भने १ देखि ८ प्रतिशतसम्म खस्किएको छ। 

क्युएसले विभिन्न ६ ओटा सूचकको आधारमा विश्वभरका युनिभर्सिटीको वरीयता निर्धारण गर्ने गरेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .