हङकङ प्रहरीले आफ्नी १४ महिनाको छोरीको हत्याको आरोपमा एक दम्पतीलाई पक्राउ गरेको छ।
हङकङको युएन लोङबाट उनीहरुलाई पक्राउ गरिएको हो। मृत फेला परेकी उनीहरुकी १४ महिनाकी छोरीको घाँटीमा धेरै अर्धचन्द्राकार दागहरु देखिएको थियो।
प्रहरीका अनुसार ३३ वर्षीय श्रीमान् र ३२ वर्षीया श्रीमतीलाई शुक्रबार राति पक्राउ गरिएको हो। फायरफाइटर र प्रहरीले उनीहरुको प्याट हेउङमा रहेको उनीहरुको घर तोडेर भित्र हेर्दा १४ महिनाकी छोरी मृत अवस्थामा फेला पारेका हुन्।
अहिले पक्राउ परेका दम्पतीमध्ये श्रीमानलाई यसअघि मानसिक समस्या पनि देखिएको प्रहरीले बताएको छ। शनिबार १४ महिनाकी बालिकाको घाँटीमा चोट देखिएको बताएको छ।
प्रहरीले दम्पतीलाई फेला पार्दा उनीहरु निकै आत्तिएका थिए। शनिबारसम्ममा उनीहरुलाई हिरासतमा राखिएको र उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
5.8k
Shares
प्रतिक्रिया