हङकङको प्रहरीले मानिसहरुलाई शनिबार कुनै पनि अवैध सभामा सामेल नहुन सचेत गरको छ।
टियानमेन स्क्वायर दमनको स्मृति दिवसको अवसरमा शनिबार हुन सक्ने सम्भावित सभालाई ध्यानमा राख्दै हङकङ प्रहरीले आम मानिसहरुलाई सचेत गरको हो।
हङकङले लगातार तेस्रो वर्ष टियानमेन स्क्वायर दमनको स्मृति दिवसमा मैनबत्ती सभामा रोक लगाएको हो। यसअघि बिहीबार टियानमेन स्क्वायर दमनबारेको अनलाइन सामग्री पनि हङकङबाट हेर्न नसक्ने बनाइएको थियो।
हङकङ प्रहरीका शीर्ष अधिकारीले यस किसिमको अनलाइन सामग्रीले मानिसहरुलाई मैनबत्ती सभामा सामेल हुन प्रेरित गरेकाले त्यसलाई हटाइएको बताएका छन्।
शनिबार कुनै पनि सभाको लागि प्रहरीमा आवेदन नपरेको भए पनि सम्भाविक सभा तथा प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरी खटाइएको साउथ चाइना मर्निङ पोस्टले बताएको छ।
हङकङमा तीन दशकदेखि सन् १९८९ मा भएको टियानमेन दमनको वार्षिक अवसरमा ठूलो सभा हुँदै आएको थियो।
सन् २०२० मा कोरोना महामारीको कारण देखाउँदै यो सभामा रोक लगाइएको थियो।
Shares
प्रतिक्रिया