हङकङमा एकै वर्ष ३० हजार विद्यार्थीले छाडे स्कुल

हङकङमा एकै वर्ष ३० हजार विद्यार्थीले छाडे स्कुल

नेपालखबर
जेठ २०, २०७९ शुक्रबार १०:२६, काठमाडौँ

अघिल्लो शैक्षिक वर्षमा हङकङमा ३० हजार विद्यार्थीले विद्यालय छाडेका छन्।

विशेषगरी हङकङको सबैभन्दा धेरै आयस्तर भएका जिल्लाका धेरै विद्यार्थीले विद्यालय छाडेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 

शिक्षा क्षेत्रका जानकारहरुले हङकङको स्कुलबाट बाहिरिनेको संख्या बढी हुनुमा पछिल्लो समय देखिएको बसाइँसराइको प्रवृत्ति, कोरोना महामारीलगायतका कारण मुख्य रहेको बताएका छन्।

सन् २०२० को अक्टोबरदेखि २०२१ को सेप्टेम्बरसम्मको शैक्षिक वर्षमा हङकङमा ३० हजार ५१५ विद्यार्थीले स्कुल छाडेका हुन्। उक्त अवधिमा ७ लाख ८० हजार विद्यार्थी भर्ना भएका थिए । जबकी अघिल्लो वर्ष ८ लाख १० हजार नयाँ विद्यार्थी भर्ना भएका थिए। 

स्कुल छाड्नेमा किन्डरगार्डेनका ५ हजार, प्राथमिक तहका १० हजार र १५ हजार विद्यार्थीले माध्यमिक तहमा अध्ययनरत विद्यार्थी छन्।

स्कुल छाड्नेको संख्या गत वर्षको समग्रमा भर्ना हुनेको संख्याको ३ दशमलव ८ प्रतिशत हो। अघिल्लो शैक्षिक वर्षमा हङकङमा २१ हजार विद्यार्थीले स्कुल छाडेका थिए। 

हङकङमा सन् २०२० बाट अन्य मुलुकमा बसाइँ सर्नेको संख्या बढेसँगै स्कुल छाड्ने विद्यार्थीको संख्या पनि बढेको हो।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .