हङकङबाट आउनेलाई क्वारेन्टिन र कोरोना परीक्षणको नियम हटाउँदै जापान

हङकङबाट आउनेलाई क्वारेन्टिन र कोरोना परीक्षणको नियम हटाउँदै जापान

नेपालखबर
जेठ १२, २०७९ बिहिबार ९:४२, काठमाडौँ

जापानले हङकङबाट आउने मानिसहरुलाई क्वारेन्टिन र कोरोना परीक्षणको नियम हटाउने विषयमा अध्ययन गरिरहेको बताएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार पर्यटन विस्तारको योजनाअनुसार जापानले हङकङबाट आउने मानिसहरुमाथिको प्रतिबन्ध खुकुलो पार्न लागेको हो। 

यो विषयसँग जानकार रहेको स्रोतले दिएको जानकारीअनुसार जापानले पर्यटन क्षेत्रको विकासको लागि हङकङलाई महत्वपूर्ण बजारको रुपमा लिँदै क्वारेन्टिन तथा कोरोना परीक्षणको नियममा छूट दिने विषयमा छलफल अघि बढाएको हो। 

जापानले कोभिड–१९ का नयाँ संक्रमितको आधारमा मुलुकहरुलाई विभिन्न समूहमा राख्दै आएको छ।

सोही अनुसार हङकङमा पछिल्लो समय संक्रमण घटेसँगै प्रतिबन्ध पनि खुकुलो पार्ने तयारीमा जापान देखिएको हो। जापानले बिहीबारै यसबारेमा जानकारी दिन सक्ने समाचारमा उल्लेख छ। 

यद्यपि हङकङले बाहिरबाट आउने सबै मानिसलाई अनिवार्य क्वारेन्टिनको नियम लगाएकाले जापानको यो प्रस्तावले पनि आगामी दिनमा खासै ठूलो प्रभाव भने नपार्ने जानकारहरुले बताएका छन्। साथै जापानले चिनियाँ खोपलाई अनुमति दिने विषयमा पनि प्रतिबन्ध खुकुलो पार्नुभन्दा अगाडि नै निर्णय गर्नुपर्ने उनीहरुको भनाइ छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .