बेलायतले हङकङका नागरिकलाई आफ्नो नागरिकता दिन अघि सारेको बीएन(ओ) योजनामा आवेदन दिनेको संख्या यस वर्षको सुरुवाती तीन महिनामा २५ प्रतिशत बढेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा बेलायतको उक्त योजनामा आवेदन दिनेको संख्या उल्लेख्य बढेको हो।
गत जनवरीदखि मार्चको बीचमा १९ हजार ५ सय हङकङ नागरिकले बेलायतका बीएन(ओ) भिसा योजनामा आवेदन दिएका थिए। जसमध्ये ९५ प्रतिशत आवेदन बेलायतभन्दा बाहिरबाट भरिएको थियो।
यद्यपि बेलायतले यो योजना ल्याएको सुरुवाती दुई महिनाको तुलनामा भने यो संख्या कम हो। उक्त दुई महिनामा ३४ हजार ३ सय मानिसले बीएनओ योजनाअन्तर्गतको भिसाको लागि आवेदन दिएका थिए।
अहिलेसम्म बेलायतको उक्त योजनाअन्तर्गत १ लाख २३ हजार ४ सय मानिसले आवेदन दिइसकेका छन्। जसमध्ये १ लाख १३ हजार ७४२ जनाको आवेदन स्वीकृत पनि भइसकेको छ।
जानकारहरुका अनुसार आगामी सेप्टेम्बरबाट बेलायतमा नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले त्यसअघि मानिसहरु बेलायत जान चाहेकाले सुरुवाती तीन महिनामा उल्लेख्य संख्यामा मानिसहरुले उक्त योजनामा आवेदन दिएका हुन्।
हङकङका ७५ लाख मानिसहरुमध्ये ५४ लाख मानिसहरुमध्ये ५४ लाखले बीएन(ओ) भिसा योजनामा आवेदन दिन सक्छन्।
Shares
प्रतिक्रिया