‘हङकङको सीमा जुन ३० यता खुकुलो हुँदैन’

‘हङकङको सीमा जुन ३० यता खुकुलो हुँदैन’

नेपालखबर
जेठ ११, २०७९ बुधबार ९:३९, काठमाडौँ

हङकङको सीमा आगामी जुन ३० यता खुकुलो नहुने भएको छ। हङकङ प्रमुख क्यारी लामले पछिल्लो समय बाहिरबाट आउने धेरै मानिसमा कोरोना संक्रमण देखिएकाले  उक्त समयभन्दा अगाडि नै सीमा खुकुलो हुने सम्भावना कम रहेको बताएकी हुन्। 

यद्यपि पछिल्लो हङकङका व्यवसायीहरुले सरकारलाई अन्तर्राष्ट्रिय अभ्यास अनुसार आफ्नो होटल क्वारेन्टिनको व्यवस्था गर्न माग गर्दै आएका छन्। उनीहरुले सीमा खुकुलो पार्न बेइजिङले अवलम्बन गरेको नीति लिनुपर्ने सुझाव पनि दिँदै आएका छन्।

मंगलबार हङकङ प्रमुख क्यारी लामले पछिल्लो समय बाहिरबाट आउनेमा देखिएको कोरोना संक्रमणको हिस्सा सबैभन्दा धेरै रहेको बताएकी छन्।

आगामी दिनमा पुनः कोरोनाको अर्को लहर फैलिन सक्ने भन्दै सबै सचेत हुनुपर्ने आवश्यकता रहेको उनले बताएकी छिन्। उनले आफू पदमा रहँदासम्म हङकङको सीमा खुकुलो हुने सम्भावना कम रहेको बताएकी हुन्। 

लामले अझै पनि बाहिरबाट आउने मानिसहरुलाई होटल क्वारेन्टिनमा राखेर उनीहरुको कोरोना जाँच गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेकी छिन्।

सोमबार चीनले बेइजिङ आउने अन्तर्राष्ट्रिय पर्यटकको लागि होटल क्वारेन्टिनको नियम हटाउने निर्णय गरेको थियो।

यस्तोमा हङकङले भने अझै पनि क्वारेन्टिनको नियम तथा अन्य कडाइ कायम राखेको र यसले पर्यटन क्षेत्र तथा व्यवसायीहरु मारमा परेको भन्दै उक्त प्रतिबन्धहरु हटाउन माग हुँदै आएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .