‘हङकङ छाड्नेले २०३३ सम्म बुझाउनुपर्छ विमानस्थल निर्माण कर’

‘हङकङ छाड्नेले २०३३ सम्म बुझाउनुपर्छ विमानस्थल निर्माण कर’

नेपालखबर
जेठ १०, २०७९ मंगलबार ७:५७, काठमाडौँ

हङकङबाट बाहिर जाने मानिसले विमानस्थल निर्माणको लागि सन् २०३३ सम्म कर बुझाउनुपर्ने विमानस्थलका अधिकारीले बताएका छन्।

विमानस्थलको तेस्रो रनवे निर्माणको लागि उक्त कर लिइरहेको अधिकारीहरुको भनाइ छ। अहिले हङकङबाट बाहिरिने र ट्रान्जिट भएर बाहिरिने मानिसले ७० देखि १८० हङकङ डलर बुझाउँदै आएका छन्।

यो कर सन् २०१६ देखि लिन थालिएको हो। विमानस्थल निर्माणको लागि आवश्यक पर्ने १ खर्ब ४१ अर्ब ५० करोड हङकङ डलरमध्ये तीन स्रोतमध्येको एक हो। 

हङकङमा कोरोना महामारीको कारण ठूलो संख्यामा यात्रुको संख्यामा कमी आएको छ। जसको कारण विमानस्थल निर्माण करमा पनि कमी आएको थियो।

अहिलेसम्मको तथ्यांकअनुसार विमानस्थल निर्माणको लागि आवश्यक रकम जुटाउन सन् २०३३ वा २०३४ सम्म लाग्ने अनुमान छ।

त्यसपछि मात्र  विमानस्थल निर्माण कर हटाइने अधिकारीहरुले बताएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .