हङकङका विद्यार्थीको दोस्रो रोजाइमा क्यानडा

हङकङका विद्यार्थीको दोस्रो रोजाइमा क्यानडा

नेपालखबर
जेठ ९, २०७९ सोमबार ८:३४, काठमाडौँ

क्यानडा हङकङका विद्यार्थीहरुको दोस्रो रोजाइमा परेको छ।

अष्ट्रेलिया र अमेरिकालाई उछिन्दै क्यानडा हङकङका विद्यार्थीको दोस्रो रोजाइमा परेको हो। उच्च शिक्षाको लागि हङकङका विद्यार्थीको पहिलो रोजाइमा बेलायत पर्दै आएको छ। 

 त्यसपछि अष्ट्रेलिया, अमेरिका र क्यानडा हङकङका विद्यार्थीहरुको पहिलो रोजाइमा रहँदै आएका थिए।

तर, क्यानडाले हङकङका नागरिकको लागि नागरिकता दिन नयाँ योजना अघि सारेसँगै क्यानडा जानेको आकर्षण बढेको हो। 

गत वर्ष क्यानडाले हङकङका ६ हजार ३६५ जनालाई विद्यार्थी भिसा दिएको थियो। जबकी सोही अवधिमा बेलायतले ६ हजार ५११ जनालाई विद्यार्थी भिसा उपलब्ध गराएको थियो। 

चीनले सन् २०२० मा हङकङको लागि राष्ट्रिय सुरक्षा कानुन अघि सारेसँगै बेलायत, क्यानडा र अष्ट्रेलियाले त्यहाँका नागरिकको लागि सहज किसिमले नागरिकता उपलब्ध गराउने योजना अघि सारेका छन्।

क्यानडा र अष्ट्रेलियाले आफ्नो मुलुकमा अध्ययन गर्न आउनेले स्थायी बसोबासको लागि आवेदन दिन सक्ने र उनीहरुको डिपेन्डेन्टमा आउनेले पनि भिसा पाउने योजना ल्याएका छन्।

जसमध्ये क्यानडामा स्थायी बसोबासको अनुमति पाउन अझै सजिलो छ। 

क्यानडामा दुई वर्ष अध्ययन गर्नेले स्थायी बसोबासको लागि आवेदन दिन पाउँछन्।

तर, अष्ट्रेलियामा भने तीन देखि चार वर्ष कुर्नुपर्ने हुन्छ। यद्यपि अष्ट्रेलियाले पनि यो योजना अघि  सो मुलुकमा जाने हङकङका विद्यार्थीको संख्या पनि बढेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .