बिनासहमति व्यक्तिगत विवरण सार्वजनिक गर्नेविरुद्ध हङकङमा पहिलो पटक अभियोग दर्ता

बिनासहमति व्यक्तिगत विवरण सार्वजनिक गर्नेविरुद्ध हङकङमा पहिलो पटक अभियोग दर्ता

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १६:२५, काठमाडौँ

हङकङमा पहिलो पटक व्यक्तिगत सूचना सार्वजनिक गरेको आरोपमा एक जनाविरुद्ध अभियोग दायर गरिएको छ। नयाँ कानुनले व्यक्तिगत विवरण सार्वजनिक गर्नुलाई अपराध मानेयता पहिलो पटक यस्तो अभियोग दर्ता भएको हो।

व्यक्तिगत विवरण (गोपनीयता) कानुनअनुसार ३१ वर्षीय पुरुषलाई अभियोग लगाइएको छ। सो कानुन २०२१ को अक्टोबरबाट कार्यान्वयनमा आएको थियो।

ती चिनियाँ व्यक्ति गत डिसेम्बरमा पक्राउ परेका थिए। पीडितहरुले आफ्नो गोप्य व्यक्तिगत विवरण ती व्यक्तिले बिनासहमति अनलाइनमार्फत सार्वजनिक गरिदिएको बताएका छन्।

अभियुक्त र पीडितबीच लेनदेनको विवाद रहेको बताइएको छ। विवादपछि अभियुक्तले पीडितको नाम, मोबाइल नम्बर, पेसा, ठेगाना र तिनको रोजगारदाताको नाम खुलासा गरिदिएका थिए। 

यो कानुनअनुसार कसैलाई हानि पुर्याउने उदेश्यले उसको व्यक्तिगत विवरण सार्वजनिक गर्नेलाई दुई वर्षसम्मको जेल सजाय र एक लाख हङकङ डलरसम्मको जरिवाना हुनसक्ने व्यवस्था छ। 

तर, व्यक्तिगत विवरण सार्वजनिक गर्दा वास्तवमै पीडितलाई क्षति पुगेमा भने पाँच वर्षसम्मको जेल र १० लाख डलर जरिवाना हुनसक्छ।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .