हङकङमा बेरोजगारी १२ महिनायताकै उच्च

हङकङमा बेरोजगारी १२ महिनायताकै उच्च

नेपालखबर
जेठ ६, २०७९ शुक्रबार ७:३४, काठमाडौँ

हङकङमा बेरोजगारी १२ महिनायताकै उच्च विन्दुमा पुगेको छ। कोभिड–१९ महामारीको पाँचौं लहरको क्रममा लगाइएको भौतिक दुरी तथा अन्य सामाजिक प्रतिबन्धको नियमको कारण हङकङमा बेरोजगारी बढेको हो।

हङकङ सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार फेब्रुअरीदेखि अप्रिलसम्मको अवधिमा हङकङको बेरोजगारी ५.४ प्रतिशतमा पुगेको हो।

यसअघि जनवरीदेखि मार्चसम्मको अवधिमा यो संख्या ५ प्रतिशतमा थियो। 

यसअघि गत वर्षको अप्रिलदेखि जुन महिनाको अवधिमा हङकङको बेरोजगारी ५.४ प्रतिशत थियो।

गत फेब्रुअरीदेखि अप्रिलसम्मको तीन महिनाको अवधिमा हङकङमा २ लाख ६ हजार १ सय मानिसले काम छाडेका थिए। यो संख्या जनवरीदेखि मार्चसम्मको संख्याको तुलनामा १७ हजार ६ सयले बढी हो। 

त्यस्तै हङकङमा पर्याप्त काम नपाउनेको संख्या पनि २१ प्रतिशतले बढेको छ।

हङकङका श्रममन्त्री ल चि–क्वोङले कोभिड–१९ को संक्रमणमा गिरावट आएसँगै आगामी दिनमा बेरोजगारीको समस्या पनि समाधान हुने विश्वास व्यक्त गरे।

उनले पछिल्लो समय आर्थिक गतिविधि पनि बढेकाले यसले बेरोजगारी समस्या समाधानको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .